भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ।
दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन्।
दाहालले ५ हजार ७ सय १८ मतका साथ अग्रता लिइएकी छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन्। स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९ सय ८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन्।
आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल २ हजार ५३० मतका साथ विजयी भएका छन्। एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरे।
वडा नं. ५ को मतगणना थालिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ।