दंगीशरण गाउँपालिकामा काँग्रेस विजयी, एमालेले पालिका गुमायो, माओवादीले एक वडा पनि जितेन

File Photo
File Photo

दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन्। काँग्रेसका शम्भु गिरी ५ हजार ४ सय ६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भए।

उनले निकटतम प्रतिस्पर्धी एमालेका मेघनाथ शाहले १ हजार ४ सय १८ मतान्तरले पराजय गरे। एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७ सय ८३ मत प्राप्त गरे।

उपाध्यक्षमा काँग्रेसकै पिमाकुमारी वली २ सय ६८ मतान्तरले विजयी भएकी छिन्। वलीले ४ हजार ५ सय ७९ मत प्राप्त गरिन। उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बुधनी चौधरीले ४ हजार ३ सय ११ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८ सय ४६ मत प्राप्त गरिन।

२०७४ को निर्वाचनमा दंगिशरणमा अध्यक्ष एमालेले जितेको थियो। दंगीशरणमा १३ हजार ८७ मत खसेको थियो।

एमालेले पालिका गुमायो, वडा थप्यो, माओवादीले एक वडा पनि जितेन 

०७४ को निर्वाचनमा दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी निर्वाचित भएका थिए। ०७४ मा एक वडासहित पालिका जितेको एमालेले अहिलेको निर्वाचनमा पालिका भने गुमाउन पुगेको छ। 

एमालेले पालिका गुमाउँदा वडामा भने जित निकाल्न सफल भएको छ। ०७४ को निर्वाचनमा वडा नं १ मा मात्र एमालेले जित निकालेको थियो। यस पटक त्यो वडा गुमाएपनि वडा नं। २, ४ र ५ हातमा जित्न सफल भएको छ।

वडा नं. १ मा अघिल्लो पटक निर्वाचित श्रीराम चौधरी चुनाबी मैदानमा थिए। उनले हारे। २ मा काँग्रेसले जितेको वडा हो। सोही वडामा काँग्रेसले पुनः दीपक गौतमलाई दोहोर्‍याउन खोजेको थियो। त्यो वडामा एमालेले कब्जा जमाउन सफल भयो। 

दाङको दंगीशरण गाउँपालिकाका वडामा माओवादीले भने क्षति ब्यहोरेको छ। ०७४ सालको निर्वाचनमा ३ वटा वडा जितेको माओवादीले अहिले एउटा वडा पनि जित्न सकेन। 

वडा नं. ५,६ र ७ जितेको माओवादीले अहिले ती वडाहरु गुमाउन पुग्यो। ५ मा दीपक गौतम र ७ मा वीरबहादुर वली दोहोरिन खोजेपनि चुनाव हारे। ५ नम्बर वडा एमालेले जित्यो भने, ६ र ७ नम्बर वडा काँग्रेसले जितेको छ।

त्यस्तै काँग्रेसले वडा नं १, ३, ६ र ७ नम्बर वडा जित्न सफल भयो। ३ नम्बर वडा यस अघि पनि काँग्रेसले नै जितेको थियो।

प्रकाशित मिति: : 2022-05-17 07:39:00

प्रतिकृया दिनुहोस्