तुलसीपुर– १७ मा आज मतदान हुँदै

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा आज मतदान हुँदैछ।

नेकपा एमालेका तर्फबाट वडा नं १७ मा वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि वैशाख ३० गतेका लागि तोकिएको मतदान रोकिएको थियो।

मतदानका लागि सम्पूर्ण तयारी परुा भएको तुलसीपुर निर्वाचन कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त हुन थालेको छ। गठवन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गिय लवरु चौधरीका छोरा प्रदीप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन्।

यस वडामा जम्मा ६ हजार १७० मतदाता रहेका छन्। वडाका दुई स्थानमा मतदान हुने छ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्ने छन्। 

वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाको यसअघिनै मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-17 07:12:00

प्रतिकृया दिनुहोस्