मिक्लाजुङको अध्यक्षमा काँग्रेसका राई र उपाध्यक्षमा माओवादीका पौडेल निर्वाचित

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४३ वर्षीय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन्।

मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन्।

अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ। यहाँ एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए। उनले ४९१६ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन्। पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेद्वार विजयी भएका हुन्।

मिक्लाजुङ्गका गाउँपालिकाको ९ वडामा काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २-२ वडा जितेको छ। मिक्लाजुङ्ग १ मा काँग्रेसका पर्वत राईले ९२१ मत, २ मा काँग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८९८ मत, ४ मा काँग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङ्गले ३८१ मत, ६ मा काँग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण हादुर कुँवरले ८०० मत र ९ मा काँग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2022-05-17 06:24:00

प्रतिकृया दिनुहोस्