सर्लाहीको बागमती नगरपालिका– ३, मा नेकपा(माओवादी केन्द्र) का उमेद्वार प्यानल सहित विजयी भएका छन्।
निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उमेद्वार तिलक मोक्तानले विजयी हुदै कार्यकाल दोहोर्याएका हुन्। मोक्तानले ११३७ मत प्राप्त गरे। यस्तै उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार हिरालाल स्यांतानले ६९० मतमात्र प्राप्त गरी पराजित भए।
यो सगैँ बागमती नगरपालिकाको १, २ र ३ गरी तिन वटा वडामा माओवादी केन्द्रमा उमेद्वार विजयी भई सकेका छन्। यस्तै नगरको मेयर र उपमेयर पदमा भने, यो समाचार तयार गर्दा सम्म दोब्बर मतआन्तरले माओवादी केन्द्रका उमेद्वार भरत कुमार थापा र लिला कुमारी मोक्तान अगाडि देखिएका छन्।
निवर्तमान मेयर समेत रहेका थापाले ३९२९ मत प्राप्त गरेका छन्। भने, निवर्तमान उपमेयर समेत रहेकी मोक्तानले ३७६३ मत प्राप्त गरेकी छिन्। यस्तै निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उमेद्वार टंक बहादुर बस्नेत (गोकुल) ले २२१० र उपमेयरको उमेद्वार सरिता घिसिङले २६१५ मत प्राप्त गरेकी छिन्।