कालीकोट खाँडाचक्रकाे मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी

कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भएका छन्। शाहीले २९१९ मत पाएर विजयी भएका हुन्।

उनले एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले २००९ मत पाएका छन्। तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन्।

स्वतन्त्रबाट उम्मेदवारी दिएका शाही यसअघि  नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन्। शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन्।

उनले २९२६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए।

प्रकाशित मिति: : 2022-05-16 19:28:00

प्रतिकृया दिनुहोस्