चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले फेरि अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणामअनुसार गठबन्धन तर्फबाट माओवादी उम्मेदवार रेनुले ५१६५ मत पाएकी छन्। भने, नेकपा (एमाले)का विजय सुवेदीले ५१४८ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४४० मत पाएका छन्।