इटहरीमा हेमकर्ण पौडेल १ हजार ४६९ मतले अगाडि

File Photo
File Photo

इटहरी उप-महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ।

निर्वाचन अधिकृतको कार्यालयले हालसम्म इटहरी १ र २० को अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ। दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

इटहरी १, २, ३, १९ र २० को मतगणना हुँदा हालसम्म मेयरमा हेमकर्ण पौडेलले १ हजार  ४६९ मतको अग्रता पाएका छन्।

उनले ६ हजार ८८२ मत प्राप्त गर्दा नेकपा एमालेका यामकुमार सुब्बाले मेयरमा ५ हजार ४१३ मत प्राप्त गरेका छन्।

अहिले इटहरी ४ र १७ को मतगणना सुरु गरिएको छ। हाल इटहरी २, ३, १९, १७ र ४ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-16 17:19:00

प्रतिकृया दिनुहोस्