काठमाडाैँ महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ।
पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ५३४ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन्।
नेकपा (एमाले) का केशव स्थापितले ३ हजार ९८२ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ४८६ मत प्राप्त गरेका छन्।
त्यसैगरी एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ६ हजार ३४६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६९० मत प्राप्त गरेका छन्।
हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ।