बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९२७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले दुई हजार ४०८ मत ल्याएका छन्।
वडाहरुमा भने मेलौली १ मा एमालेका सरद सिंह नेगी, २ मा काग्रेसमा कृष्णदत्त भट्ट, ३ मा कांग्रेसकै गगन भाट, ४ मा माओवादी हर्कबहादुर चन्द, ५ मा काग्रेसका भरत पुजारा, ६ मा ओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ मा कांग्रेसका लोकराज भट्ट विजय भएका छन्।