दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङको राजपुर गाउँपालिकामा कांग्रेसले जितेको छ। अध्यक्षमा ३ हजार ९८० मत प्राप्त गर्दै शरद बुढाथोकीले विजयी प्राप्त गरेका छन्।

उनले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्कालाई ८१३ मतान्तरले पछि पारे। माओवादी केन्द्रका खड्काले ३ हजार १६७ मत ल्याए भने एमालेका कुलराज गिरीले २ हजार ९२२ पाए।

उपाध्यक्षमा पनि कांग्रेसकै धनपति यादवले ३ हजार ८३६ मत ल्याउँदै विजयी प्राप्त गरेकी छिन्।

उनी यसअघि ०७४को निर्वाचनमा पनि उपाध्यक्षमा नै निर्वाचित भएकी थिइन। यादवले माओवादी केन्द्रकी उम्मेदवार पुष्पा यादवलाई ४८८ मतान्तरले पछि पार्दै विजयी प्राप्त गरेकी हुन्।

माओवादीकी पुष्पा यादवले ३ हजार ३४८ मत प्राप्त गरिन। यसअघि पनि राजपुरमा कांग्रेसले नै जितेको थियो।

यससँगै दाङमा कांग्रेस र माआवादीले एक–एक पालिका जितेका छन्। माओवादी केन्द्रले गठबन्धन गरेर बंगलाचुलीमा जितेको छ। जहाँ तुलसीराम पुन (सुवास) अध्यक्ष बनेका छन्।

प्रकाशित मिति: : 2022-05-16 15:54:00

प्रतिकृया दिनुहोस्