मकवानपुरका कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मुक्तानले पालिकाभरिबाट जम्मा १२० मत मात्र प्राप्त गरेका छन्।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।
त्यतिबेला उनले २ हजार ८०२ मत ल्याएका थिए। एमाले विभाजन भएसँगै मुक्तानले नेकपा एकीकृत समाजवादी रोजेका थिए। सोमबार आएको कैलाशको मतगणना परिणाममा उनले १२० मत मात्र प्राप्त गरेका छन्।
कैलाशमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान चार हजार ९८७ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए।