काठमाडौं महानगर अपडेट : मतान्तर बढाउँदै बालेन साह

File Photo
File Photo

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दाेब्बर मत ल्याएर साहले अग्रता कायम राखेका छन्।

प्रारम्भिक मत परिणामअनुसार बालेन ७ हजार ८९ मत प्राप्त गरेका छन् भने  स्थापितले ३ हजार ७४६ मत ल्याएका छन्।

 गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना वैशाख ३१ मा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन्।

यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३०० पाएकी छन्। 

प्रकाशित मिति: : 2022-05-16 14:17:00

प्रतिकृया दिनुहोस्