जुम्लाकाे हिमा गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसबाट लक्ष्मण शाही विजयी भएका छन्।
२०७४ काे निर्वाचनमा ४५ मतले पराजित उनी याे पटक भने लाेकप्रिय मतले विजयी भएका हुन्।
उनी १८७२ मत ल्याएर विजय भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अम्मरजंग शाहीले १४२३ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुर्पना शाही विजयी भएकी छन्।
उनले १५१८ मत पाउँदा नेकपा माओवादी केन्द्रकी कल्पना दमाइले १४८९ मत ल्याएकी छन्।