झापाकाे कनकाई नगरपालिकामा नेकपा एमालेले अग्रता पाएकाे छ।
नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले ४५९२ मत ल्याएर अग्रता पाएकाे हाे।
त्यसैगरी कांग्रेसबाट बागी उम्मेदवार दिएका शेरबहादुर थापाले ४०४७, कांग्रेसका आधिकारिक उम्मेदवार रुद्रप्रसाद चिमरियाले ३०८५, राप्रपाका उम्मेदवमर श्यामसुन्दर ओलीले १०४६ ल्याएका छन् भने साझा विवेकशीलका उम्मेदवार भीमप्रसाद अधिकारीले ८१ मत पाएका छन्।
त्यस्तै मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले ११ मत ल्याएकी छन् भने माओवादी विप्लप पार्टीका उम्मेदवार देविप्रसाद उप्रेतीले १ मत ल्याएर खाता खाेलेका छन्।
उपमेयरमा भने कांग्रेसकी आशा शर्मा शिवाकोटीले अग्रता बनाइरहेकी छन्। हालसम्म उनले ५४५२ मत ल्याएकी छन् भने एमालेकी मन्जु प्रसाईले ४८९६ मत ल्याएर पछ्याइरहेकी छन्।
यता उपमेयरमा राप्रपाकी सचित्रा खनाल चुडालले ९०६ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एसकी अम्बिका उप्रेती महतले ४४२, साझा विवेकशीलकी अम्बिका चापागाईले ६६, जरोकिलो पार्टीकी शान्ता दाहालले ९ र उन्नत लोकतन्त्र पार्टीकी खुल्ला किताबबाट बिन्दा बराइलीले ६ मत ल्याउएकी छन्।
हाल कनकाईको ९,८,७,६ नम्बर वडाको मत गणना भइसकेको छ भने ५,४ र ३ को मत गणना हुदैँछ। कनकाईमा जम्मा २५ हजार ८ सय ५१ मत खसेको छ।