निर्वाचन, लोकतन्त्र र ‘बालेन फ्याक्टर’

मधेसी परिचय खुलेर पनि काठमाड्यौली जनतामा बालेनप्रति देखिएको आकर्षणले सहिष्णुताको एउटा सुखद अनुभूति दिएको छ

सपटकको निर्वाचनमा ‘बालेन फ्याक्टर’ गज्जबको मसला बनेको छ । गज्जब त के छ भने यो मसलाले चुनावी गणतन्त्रका धुरन्धर पार्टीहरूको ‘हावा टाइट’ गरिदिएको छ ।

पाँचदलीय सरकारी गठबन्धनको साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका हक्की र दबंग मानिने केशव स्थापितको गति सुस्त छ भने नपत्याउने ‘लौरो’ छापका बालेन शाह (साह !) तीव्र गतिमा उचाइ उक्लँदै छन् ।

यो लेख तयार गर्दासम्म बालेन मतगणनामा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा भएकासँग उनको अन्तर १३ सयजतिको छ । उनको हार या जित भविष्यको जिम्मामा छ । तर, ‘र्‍यापर बालेन’को पक्षमा देखिएको आकर्षणले एकातिर काठमाडौंको रैथाने संरचनामा आएको परिवर्तनको संकेत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि संकेत गर्छ । 

बालेनको जन्मथलो तराई मधेस हो । उनी शिक्षामा इन्जिनियर हुन् भने पेसा र लोकप्रियताका दृष्टिले र्‍याप गायक हुन् । उनी राजनीतिसँग सम्बन्धित भने होइनन् । यसलाई नेपाली राजनीतिको धरातलीय कमजोरी नै भन्नुपर्छ कि देशको राजनीतिप्रति सबैभन्दा सचेत मानिने राजधानी काठमाडौंमा एउटा र्‍यापरले जनसमुदायका अधिकांशलाई आफूतिर आकर्षित गरिरहेको छ ।

प्रकाशित मिति: : 2022-05-16 13:13:00

प्रतिकृया दिनुहोस्