गौरादह-२ मा गठबन्धनको प्यानल विजयी 

झापाको गौरादह-२ मा गठबन्धनका उम्मेदवार विजयी भएकाे छ। 

गठबन्धनकाे वडा अध्यक्षका उम्मेदवार गोपाल कोइरालाकाे प्यानल विजयी भएकाे हाे। 

उनी १०६८ मत ल्याएर विजयी भएका ह भने नेकपा एमालेका उम्मेदवार  डिल्ली काफ्लेले ९९८ मत पाएका छन्। त्यसैगरी राप्रपाका भोला नेपालले ५८ मत ल्याएका छन्।

वडा सदस्यमा शंकर कट्टेल र उत्तमबहादुर बस्नेत, महिला सदस्यमा विमला बास्तोला र दलित महिला सदस्यमा अम्बिका बर्देवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गौरादहले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-05-16 11:38:00

प्रतिकृया दिनुहोस्