चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी

File photo
File photo

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका  चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन्।

वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ अन्य वडामा भने एमालेले जितेको छ।

चुरे १ मा कांग्रेसका  डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका  ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर,  ५ मा एमालेका  वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद  विजयी भएका छन्।
 

प्रकाशित मिति: : 2022-05-16 11:07:00

प्रतिकृया दिनुहोस्