माधवकुमार ओली
नेकपा (माओवादी केन्द्र)काे प्रभावक्षेत्र मानिने राेल्पाकाे गंगादेव गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला उपसभापति हरीबहादुर पुन २५५७ मतका साथ विजयी भएका हुन्।
पुनले नेकपा (एमाले)का उम्मेदवार राेशनकुमार वली र 'माओवादी–समाजवादी' गठबन्धनका साझा उम्मेदवार बीरबहादुर केसी पराजित गरेका छन्। वलीले २४९९ र केसीले २१५४ मत पाएका छन्।
गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै अमृताकुमारी केसी विजयी भएकी छन्। केसीले २ हजार ९ सय ९ मत पाउँदा उनकी प्रतिष्पर्धी एमालीकी निर्मलाकुमारी वलीले २ हजार ४ सय ४२ मत पाएकी छन्।
पालिकाको ७ मध्ये ५ वटा वडामा कांग्रेसले जित निकालेको छ भने एमाले–माओवादीले एकएक वडामा चित्त बुझाएका छन्।
अघिल्लाे स्थानीय तहकाे स्थानीय निर्वाचनमा यस गाउँपालिकामा माओवादीकाे तर्फबाट उनै बीरबहादुरले बहुमत वडासहित विजयी हासिल गरेका थिए। तर यसपटक भने उनी मत संख्यामा निकै मूनि झरेर पराजित भएका छन्।
अध्यक्षमा निर्वाचित पुन नेपाली कांग्रेस रोल्पाका उपसभापति तथा कांग्रेस लुम्बिनी प्रदेश सभापतिका भाई हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया