राेल्पा नगरको मेयरमा माओवादी केन्द्र विजयी

रोल्पाको रोल्पा नगरपालिका मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेरदवार सुरेन्द्र थापा (घर्ती) विजयी भएका छन्।

घर्तीले ७ हजार ६०३ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गरी पराजित भएका छन्।

नगरपालिकाको उपमेयर पनि माओवादी केन्द्रकी गीता आचार्य विजयी भएकी छन्। आचार्यले ७ हजार ७४१ मत प्राप्त गरी विजयी भएकी छन्। कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ प्राप्त गरी पराजित भएकी छन्।

प्रकाशित मिति: : 2022-05-16 06:07:00

प्रतिकृया दिनुहोस्