बुढानीलकण्ठमा एमालेलाई उछिन्दै कांग्रेस अघि

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको जारी मत गणनामा नेपाली कांग्रेसका विनोद चालिसे नेकपा (एमाले)का मिठाराम अधिकारीलाई पछि पारेका छन्। मत गणनाको सुरूआतदेखि नै एमालेका मिठाराम अधिकारी अघि रहेका थिए।

चालिसले ३२९८ मत प्राप्त गर्दै अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मिठाराम अधिकारी ३२१८ मतका साथ दोस्रो  स्थानमा छन्। भने, तेस्रो  स्थानमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ छन्। बालकृष्णले १४३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-16 03:25:00

प्रतिकृया दिनुहोस्