स्वर्गद्वारी– ३ मा एमालेका कृष्ण रोकाय विजयी

प्युठानको स्वर्गद्वारी नगरपालिका– ३ को वडा अध्यक्षमा सत्तारुढ गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का कृष्ण रोकाय विजयी भएका छन्।

उनले ९ सय ६ र उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रविलाल खनालले ७ सय २० मत लिएका छन्। उनीहरुबीच १ सय ८६ मतान्तर रहेकाे छ।

महिला सदस्यमा गठबन्धनका दुर्गा रेग्मी, दलित महिला सदस्य एमालेका विमला नेपाली, खुल्ला वडा सदस्यमा एमालेका दुजबहादुर घर्तीमगर र हुकुम बहादुर रोका मगर विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-15 22:39:00

प्रतिकृया दिनुहोस्