घोराही उपमहागरमा गठबन्धनले खाता खोल्यो, वडा न-१९ मा रायमाझी बने वडाध्यक्ष

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनले खाता खोलेको छ। 

३० गते भएको स्थानीय तहको निर्वाचनमा घोराहीमा कांग्रेस, माओवादी केन्द्र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए। 

गठबन्धनबाट घोराही उपमहानगरपालिका वडा नं-१९ मा कांग्रेसका ज्ञानबहादुर रायमाझी वडाध्यक्षमा निर्वाचित भएसँगै गठबन्धनले खाता खोलेको हो। 

रायमाझीले १ हजार ७ सय ६९ मत प्राप्त गरेका छन्। उनले एमालेका हर्कबहादुर घर्तीलाई पराजित गर्दा गठबन्धनको प्यानल नै विजयी भएको छ।

जसअनुसार महिला सदस्यमा काँग्रेसबाट हुकुमा घर्तीले १ हजार ७३५, माओवादी केन्द्रबाट दलित महिला सदस्य मञ्जु सुनारले १ हजार ६०१, खुल्ला सदस्यहरुमा खड्क घर्तीले १ हजार ७०० र जागेश्वार घर्तीले १ हजार ६८९ मत ल्याउँदै विजयी भएका छन्। 

विजयी भएपछि उम्मेदवारसहित समर्थकले घोराही बजारमा र्‍यालिसमेत निकालेका थिए। अहिले घोराहीमा वडा नं १,  १२, १३, १४, १५, १६, १७ र १८ को मत गणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-15 20:06:00

प्रतिकृया दिनुहोस्