भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजय सुवेदीभन्दा ३४ मतले अगाडि देखिएकी छन्।
प्राप्त मतपरिणामअनुसार ५९८७ मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २१४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार सुवेदीले २१०८ मत प्राप्त गरेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले भने ६९५ मत पाएका छन्।