काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै गएका छन्।
पछिल्लाे मतपरिणामअनुसार बालेन साह ४ हजार ९ सय ०५ मतका साथ अग्रस्थानमा छन्।
उनी भन्दा धेरै पछाडि परेका एमालेका केशव स्थापितले २ हजार ६ सय १४ मत पाएका छन्। भने, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हाजार ३ सय १५ मत पाएकी छिन्।