भरतपुर अपडेट : रेनु दाहाललाई ८० मतको अग्रता, पछ्याउँदै विजय सुवेदी

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अग्रता कायम राखेकी छन्।

चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ प्राप्त गरेकी छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन्।

यता स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले भने ५७९ मत पाएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन्।

प्रकाशित मिति: : 2022-05-15 14:44:00

प्रतिकृया दिनुहोस्