काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता दोब्बरले बढाएका छन्।
प्राप्त मतपरिणामअनुसार बालेनले २ हजार ८२० मत ल्याएर अग्रस्थानमा छन्।
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत ल्याएका छन्। त्यसैगरी कांग्रेसकी सिर्जना सिंह १ हजार ४४९ मत पाएर तेस्रो स्थानमा छिन्।
काठमाडौं महानगरमा अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ। अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ। केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ।