दाङको शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन्। यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो।

उनले ६२९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए। कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन।

वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए।  टिकट वितरणमा असन्तुष्टि जनाउदै २७ वर्षीय वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

प्रकाशित मिति: : 2022-05-15 12:38:00

प्रतिकृया दिनुहोस्