जुम्लाकाे हिमा गाउँपालिकामा कांग्रेसका लक्ष्मण शाही अगाडि 

जुम्लाकाे हिमा गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका लक्ष्मण शाहीले लिड गरिरहेका छन्।

पछिल्लो मत गणना अनुसार उनी एक हजार ८३ मतले अग्रस्थानमा छन् भने छ सय तीन मत ल्याई नेकपा माओवादी केन्द्रका अम्मरजंग शाहीले पछ्याइरहेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका भैबहादुर राेकायाले पाँच सय ८० मत ल्याएर तेस्राे सथानमा छन्।

याे मत परिणामले हिमामा कांग्रेसका लक्ष्मण शाहीकाे सम्भावना बलियाे बन्दै गएकाे छ।

त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकि कल्पना दमाई आठ सय ८४ मतका साथ लिड गरिरहेकी छन् भने कांग्रेसकि सुर्पना शाही छ सय १४ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

एमालेकी भगरिरथी शाही पाँच सय ८० मत ल्याएर तेस्राे स्थानमा रहेकी छिन्।

प्रकाशित मिति: : 2022-05-15 12:06:00

प्रतिकृया दिनुहोस्