महालक्ष्मी नगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्प्रर्धा

ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस-माओवादी गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा भएको छ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८ मत पाएका छन्।

उपमेयरमा एमालेकी उम्मेदवार विना सुवेदीले ४ सय ६९ मत पाएकी छिन् भने गठबन्धनतर्फबाट कांग्रेसकी लक्ष्मी महर्जनले ३ सय ४६ मत पाएकी छिन्।

महालक्ष्मी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। 

प्रकाशित मिति: : 2022-05-15 11:43:00

प्रतिकृया दिनुहोस्