झापाको दमक नगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापाले अग्रता लिएका छन्।
मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका हुन्।
थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।