कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका– ११ को वडाध्यक्षमा हिमबहादुर गुरुङ विजयी भएका छन्।
०७४ सालको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित गुरुङ पुन अर्को कार्यकालका लागि वडाध्यक्ष चुनिएका हुन्।
नेकपा एमालेबाट उम्मेद्वारी दिएका गुरुङले ६ सय ८४ मत ल्याएर वडाध्यक्षका प्रत्याशी ललित गुरुङलाई पछि पारेका हुन्।
हिमबहादुरले ६ सय ८४ मत ल्याउदा ललितको ६ सय ४४ मत पाएका छन्।