मेचीनगरमा माओवादीका प्रतिनिधि भागे, मतगणना राेकियाे

झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ।

नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो।

मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा दलहरूबीच विवाद भएपछि गणना स्थगित गर्नु परेको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिका छन्।

माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि मतपेटिकाबाट बाहिर निकालिसकेका ३०० मतपत्र गणना गर्न बाँकी रहेको छ।

प्रकाशित मिति: : 2022-05-15 00:14:00

प्रतिकृया दिनुहोस्