कञ्चनपुरको कृष्णपुरमा कांग्रेसकाे अग्रता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कूल खसेको मतमध्ये ५ सय २६ मत गणना सम्पन्न हुँदा कांग्रेसले अग्रता लिएको हो। 

प्राप्त मत परिणामअनुसार कांग्रेसले नगर प्रमुखमा अघि सारेका उम्मेदवार हेमराज ओझाले १८४ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्त १८२ मतका साथ पछ्याइरहेका छन्।

यहाँ माओवादीका उम्मेदवार जोगराज चौधरी ९८ मतका साथ तेस्रो स्थानमा छन्।

नगर उपप्रमुखमा कांग्रेस उम्मेदवार द्रोपती राना १७६ मतका साथ पहिलो, एमाले उम्मेदवार रमिता राना १५७ मतका साथ दोस्रो र १०३ मतका साथ माओवादी उम्मेदवार गीता मल्ल तेस्रो स्थानमा छन्।

अहिले कृष्णपुर वडा नम्बर १ को मत गणना भइरहेको छ। वडाध्यक्षतर्फ कांग्रेसले १९५, माओवादीले १३७ र एमालेले १२४ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-05-14 22:56:00

प्रतिकृया दिनुहोस्