गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्।
नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र पाण्डेयलाई हराउँदै मेयर पदमा विजयी भएका हुन्, उनी।
त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्। उनले एमालेकी रिता पाण्डेलाई पराजित गरेकी हुन्।
कांग्रेसले रेसुङगा नगरपालिकामा प्यानलै जितेकाे छ।