रोल्पा नगरपालिका–३ को वडायक्षमा नेपाली कांग्रेसका राजकुमार पुरी विजयी भएका छन्।
माओवादी केन्द्रका उम्मेदवार भरत विष्टलाई हराएर उनी वडाध्यक्षमा निर्वाचि भएका हुन्।
पुरीले विष्टलाई १ सय ४५ मतान्तरले पराजित गरेको बताइएको छ।
वडाध्यक्ष पुरीसहित खुला सदस्य लिलबहादुर थापा, कल्पना घर्ती, महिला सदस्य प्रेमा बुढाथापा र दलित महिला सदस्य तिला नेपाली विजयी भएका छन्।
त्यस्तै, नेपाली कांग्रेसले रोल्पामा तीनवटा वडा जितेको छ। यसअघि गंगादेव गाउँपालिका–१ र ७ मा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।