रोल्पाकाे थबाङ गाउँपालिका–४ उवामा नेकपा (माओवादी केन्द्र) पराजित भएको छ।
युद्धदेखि अहिलेसम्म माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पाले नयाँ इतिहास रचेको हाे।
थबाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको छ। उवा गाउँमा सूर्य चिन्हबाट चुनावी मैदानमा भिडेका सबै उम्मेदवारहरू विजयी बनेका छन्।
एमाले उम्मेदवार हिक्मत घर्तीमगरले माओवादी केन्द्रका पुनबहादुर विश्वकर्मालाई २४ मतले पराजित गरेका छन्।