महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू  

महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ।

सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए।

वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन्। क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ। विशाल बस्नेत 

प्रकाशित मिति: : 2022-05-14 15:51:00

प्रतिकृया दिनुहोस्