चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ।
महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।
हालसम्म १०१ मत गन्दा सुवेदी ४१ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत पाएर दाेस्राे स्थानमा छिन्।
शुक्रबार भएकाे मतदानमा भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए। यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।