राेल्पाको गंगादेवदी गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुनले प्रारम्भिक मतगणनामा २३२ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राेशनकुमार वलीले १८५ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार अमृता कुमारी केसी वलीले २६२ मत ल्याएकी छन्। एमालेकी निर्मला कुमारी वलीले १८१ मत ल्याएकी छन्।
गंगादेवमा हालसम्म ६ सय ३४ मत गणना भइसकेकाे छ।
अपडेट