बुटवलको मतगणना राति १२ बजेबाट सुरु हुने

बुटवल उपमहानगरपालिकामा मतगणना आज (शुक्रबार) राति १२ बजे सुरु हुने भएको छ।

मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने तयारी भएकाे निर्वाचन अधिकृतले बताएका छन्।

बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ। यहाँकाे मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा रहेकाे छ।

प्रकाशित मिति: : 2022-05-13 23:14:00

प्रतिकृया दिनुहोस्