डोकोबाटै भोट दिएर अस्ताए खड्का

जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ। 

मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो। उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए। मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए।

प्रकाशित मिति: : 2022-05-13 22:45:00

प्रतिकृया दिनुहोस्