[अपडेट] काठमाडौँ महानगरकाे सर्वदलीय बैठक सुरू

काठमाडौँ महानगरपालिकाको मतगणनाबारे निर्णय गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बैठक केही बेरअघि सुरू भएको हो।

सर्वदलीय बैठककाे निर्णयपछि मतगणना सुरू हुन काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराई बताएका छन्।

नेकपा एमालेले प्रक्रिया पूरा गरेर आजैबाट मत गणना सुरु गर्नुपर्ने बताउँदै आएको छ।

काठमाडौं महानगरपालिकाका जम्मा ३ लाख ५ सय ८४ मतदातामध्ये १ लाख ८९ हजार चार सय २० मत मात्र खसेको आयोगको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-14 00:10:00

प्रतिकृया दिनुहोस्