बिएल संवाददाता
राैतहटको यमुनामाई गाउँपालिका–२ काे मतदानस्थलबाट मतपेटिका लुटिएको छ।
चिकना जेठरहिया श्री मावि ‘क’ मतदान केन्द्रबाट मतपेटिका लुटेर स्थानीयले 'टाप' कसेका छन्। तीनवटा मतपेटिका लिएर उनीहरू फिल्मी शैलीमा खेतैखेत भागेका हुन्।
स्थानीय पत्रकार अभिमन्यु पटेलले मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादीका कार्यकर्ताबीच ठाउँ–ठाउँमा झडप र भागदौड मच्चिएकाे प्रत्यक्षदर्शीले जनाएका छन्।
मतदानस्थल परिसरमा हाे–हल्ला भएपछि आक्रोशित स्थानीयले मतपेटिका कब्जामा लिएर ताेडफाेड गरेका छन्। यमुनामाईकाे मतपेटिका लुटिएपछि मतदान कार्य स्थगित गरिएको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया