रुकुम पूर्वको पेल्मामा सुरु भयाे मतदान 

रुकुम पूर्वको एक मतदान केन्द्रमा मध्यान्हबाट मात्र मतदान सुरु भएको छ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को प्रावि पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ।

बिहान ७ बजेबाटै मतदान सुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान सुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए।

दलिय सहमति मार्फत मध्यान्ह १२ बजेर ५ मिनेटबाट मतदान सुरु भएको र अहिले धमाधम मतदान भइरहेको उनले बताए।

हिजो दलहरुका विचमा झडप भएको र उक्त विवादका कारण आज दलिय सहमति नजुट्दा ढिलो गरी मतदान सुरु भएको उनको भनाई छ।

उक्त मतदान केन्द्रको मतदान अधिृकतमा पूर्णप्रसाद ढकाल रहेको छ भने उक्त केन्द्रमा मतदाता संख्या ४ सय ९२ रहेको छ।

प्रकाशित मिति: : 2022-05-13 13:26:00

प्रतिकृया दिनुहोस्