१ सय १३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँ–ठाउँकाे विकास हाेस्

बैतडीमा १ सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन्।

बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ।

प्रकाशित मिति: : 2022-05-13 10:51:00

प्रतिकृया दिनुहोस्