हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ।
चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएकाे हाे।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ।
झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ।