लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन्।
२०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका–१ सिकुँ ८८ वर्षीया धन्नाम खड्काले बताए।
‘मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,’ उनले भने,‘अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन।’
जो सुकै नेतृत्वमा आएपनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए।