स्थानीय तह निर्वाचनकाे लागि यतिबेला मतदान जारी छ।
देशभरका १० हजार ७ सय ५६ मतदानस्थलमा पुगेर मतदाताले मतदान गरिररहेका छन्। आम नागरिकदेखि प्रधानमन्त्री, मन्त्री, कर्माचारी सबै मतदानकाे लागि मतदानस्थलमा पुगेका छन्।
देशका अधिकांश शीर्ष नेताहरूले आ–आफ्नाे मतदानस्थलमा पुगेर मतदान गरिसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने खेतबारीकाे काममा व्यस्त छन्।
उनकाे पार्टी निर्वाचनमा सहभागी छैन तर पार्टीका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिदा विप्लवलाई भने चुनावले छाेएकाे छैन। विप्लव हाल कपिलवस्तुकाे शिवगढीस्थति निवासमा कार्यकर्ताहरूसँग काम गरेर बसिरहेकाे उनी निकट एक नेताले बिएल नेपाली सेवासँग बताए।
उनकाअनुसार विप्लव निर्वाचनमा सहभागी भएर मतदान गर्ने साेचमा रहेपनि मतदाता नामावली नभएपछि उनी भाेट हाल्नबाट बञ्जित भएका हुन्।
‘अहिले विप्लव कमरेड खेतबारीमा काम गरिरहुनु भएकाे छ,’ ती नेताले भने, ‘उहाँले भाेट हाल्नु हुन्न, उहाँकाे मतदाता नामावलीमा नामै भेटिएन।’
विप्लव लामाे समय भूमिगत भएका कारण मतदाता नामावली नबनाएकाे उनकाे भनाइ छ।