अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन्।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन्।
मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए।
देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको र त्यसलगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए।